कला


महजोडीका साथमा ठूलो पर्दामा डेब्यु गर्दै अञ्जना

महजोडीका साथमा ठूलो पर्दामा डेब्यु गर्दै अञ्जना

नेपालखबर
असोज ४, २०७९ मंगलबार ८:११, काठमाडौँ

मोडलिङमा जमेकी अञ्जना बराईलीले अब ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन्। उनले हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा फिल्ममा डेब्यु गर्ने मौका पाएकी हुन्। 

महजोडीको शीर्ष भूमिका रहने फिल्म ‘महापुरुष’मार्फत अञ्जना ठूलो पर्दामा देखिने तयारीमा छन्। अडिसनमार्फत छानिएकी अञ्जना यो फिल्ममा प्रतिष्ठाको भूमिकामा देखिने छिन्। 

‘महापुरुष’मा अञ्जना मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिकामा देखिने छिन्। अडिसनमा अञ्जनाले गरेको अभिनयले प्रभावित भएपछि फिल्मका लागि छानिएको कार्यकारी निर्माता रवीन्द्रसिंह बाँनियाले बताएका छन्। 

ठूलो पर्दामा डेब्युको पर्खाइमा रहेकी अञ्जनाले ‘महापुरुष’मा काम गर्ने अवसर पाउँदा खुसी लागेको बताइन्। उनले यसअघि नै एक फिल्ममा अडिसन दिएर सेलेक्ट भएकी थिइन्। तर त्यो फिल्म नै नबनेपछि उनी म्युजिक भिडिओमै सीमित भएकी थिइन्। महजोडीसँग स्क्रिन सेयर गर्न पाउँदा निकै उत्साहित भएको अञ्जनाले सुनाइन्। अञ्जनासँगै अरुण क्षेत्री पनि ‘महापुरुष’मार्फत डेब्यु गर्दै छन्। 

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .