निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाकी छोरी सुनिधि राणा भन्दै बालुवाटारको निवासमै बुबालाई थुनिएको भनेर मिडियासामु ववयान दिने युवती जबराकी छोरी नभएको खुलेको छ।
सुनिधिलाई चोलेन्द्रकी छोरी भन्दै नेपाल न्युज एजेन्सीले भिडियो सामग्री प्रशारण गरेको थियो।
चोलेन्द्र शमशेर राणाको सम्पत्ति विवरणमा सुनिधि राणा नामकी छोरी नभेटिएको र छोरी हुँ भन्दै वयान दिने व्यक्ति नक्कली भएको न्यूज एजेन्सी नेपालले जनाएको छ।
साथै एजेन्सीले गल्ती भएको भन्दै माफी समेत मागेको छ ।
नेपालखबरसमेत ग्राहक रहेको ज्युज एजेन्सीले पठाएको उक्त भिडिओ हामीले पनि प्रशारण गरेका थियौं । एजेन्सीले गरेको गल्तीका कारण गलत भिडिओ हाम्रो डोमिनबाटसमेत प्रसारित हुन गएकोमा पाठकसमक्ष हामी क्षमा चाहन्छौं।
2.4k
Shares
प्रतिक्रिया