दोस्रोपटक नागरिकता विधेयक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि गएको समय गुज्रँदै गर्दा राष्ट्रपति कार्यलयमा भने नाचगान कार्यक्रम राखिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ‘विशेष कार्यक्रम’ आयोजना गरेकी छिन्।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु पुगेका छन्।
लोक संगीत, मयुर नाच, कृष्ण लिला, मादल नृत्य, सोरठी, चन्डालिका नृत्य, लाखे लगायत नृत्य राखिएका छन्। लाखे, साकेला, सेलो, अष्टमातृका नृत्य पनि राखिएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्री प्रचण्ड लगायत कार्यक्रममा उपस्थित छन्।
संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा साँझ साढे ५ बजेदेखि सुरु हुनेगरी सो कार्यक्रम राखिएको हो।
Shares

प्रतिक्रिया