एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ।
विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले उक्त शोरुमको उद्घाटन गरे।
आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ।
टारो ब्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो। रेस इडिशनमा निर्मित टारोका वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ।
हाल कम्पनीले टारो ब्राण्डका जीपी२ २००, जीपी१ २५०, र जीपी१ ४०० सीसी गरी तीन मोडलका बाइक नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला१५० र एलेक्स टी९ १५० उपलब्ध गराएको छ।

यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सीबीएस बार्किङ, किलेस इग्निसन, इएफआई अन्डर सीट एक्सहस्ट टीएफटी डिस्प्ले एरोडाइनानमिकल्ली बुइल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन्। कम्पनीले आउने १ महिना भित्र विक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ।
दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० खरीदमा रु.१५ हजार, जीपी२ २०० खरीदमा रु.३० हजार र जीपी१ २५० खरीदमा रु.२० हजार छुटका अफर लागू हुनेछ।
साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बीमा निःशुल्क गरिने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया