ad ad

राजनीति


८ औं संविधान दिवस मनाईंदै, टुँडिखेलमा विशेष समारोह हुने

८ औं संविधान दिवस मनाईंदै, टुँडिखेलमा विशेष समारोह हुने

०७२ साल असोज ३ गते संविधान जारी गर्दै तत्कालिन राष्ट्रपति रामवरण यादव, साथमा तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङ।


नेपालखबर
असोज ३, २०७९ सोमबार ६:३७, काठमाडौँ

नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ। संविधानसभाबाट तत्कालिन राष्ट्रपति रामवरण यादवले ०७२ असोज ३ गते संविधान जारी गरेका थिए। 

संविधान जारी भएको ७ वर्ष पूरा भएसँगै आज ८ औं संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईंदैछ। 

संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको बताइएको छ। 

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .