ad ad

राजनीति


जसपा नेतृ अमृता अग्रहरी एमाले प्रवेश

जसपा नेतृ अमृता अग्रहरी एमाले प्रवेश

नेपालखबर
असोज २, २०७९ आइतबार १६:१५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ अमृता अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन्। 

उनी भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमै आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेकी हुन्। 

एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी प्रवेशपछि ओलीसँग खिचिएको तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन्। 

जसपाको केन्द्रीय कार्यकारी समिति सदस्य अग्रहरी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्।

केही दिनअघि जसपाकी अर्की नेतृ रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन्। एमाले अध्यक्ष ओलीले जनकपुरमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका थिए। नेतृ रुही नाज पनि निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .