राजनीति


१९ सयबाट १ सय १० जना सांसद छान्दै एकीकृत समाजवादी, सोमबार बन्दसूची बुझाउने

१९ सयबाट १ सय १० जना सांसद छान्दै एकीकृत समाजवादी, सोमबार बन्दसूची बुझाउने

फाइल तस्बिर


नेपालखबर
असोज २, २०७९ आइतबार १३:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले सोमबार अन्तिम समयमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि बुझाउने भएको छ।

१९ सय भन्दा बढी नामबाट १ सय १० जना छनोट गरेर पठाउनुपर्ने भएकोले सोमबार दिउँसोसम्मको समय लाग्ने एक पदाधिकारीले जानकारी दिए।

‘हामीले १९ सय बढी नाम प्राप्त गरेका छौँ, ती नामबाट १ सय १० जना छान्न भोलि दिनभर लाग्छ,’ ती सदस्यले नेपालखबरसँग भने।

एकीकृत समाजवादीले उम्मेदवारको नाम छनोटका लागि ३÷४ दिनदेखि काम गरिरहेको थियो।

‘पार्टीको सचिवालय र पदाधिकारीको बैठक बसेर ती नामबाट सर्टलिष्ट तयार गछौं र फाइनल गरेर पठाउँछौ,’ ती पदाधिकारीले थपे, ‘सबै नाम मिलाउन गाह्रो भइरहेको छ।’

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि क्लष्टर अनुसार नाम मिलाउने काम भइरहेको बताए।

‘आयोगले दिएको फम्र्याटमा नाम बुझाउने हो,’ खतिवडाले भने, ‘निर्धारित समयमै उम्मेदवारको बन्द सूचि बुझाउँछौं।’ 

पार्टीभित्र समानुपातिक उम्मेदवार चयनका लागि विवाद नरहेको उनले दाबी गरे। 

‘आकांक्षा राख्नु एउटा कुरा हो, पार्टीको निर्णय अर्काे कुरा हो, पार्टीले विवाद नहुनेगरी निर्णय गरेर उम्मेदवार टुंगो लगाउँछ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .