ad ad

प्रविधि


इमेल सेवा सुरु गर्दै जुम

इमेल सेवा सुरु गर्दै जुम

नेपालखबर
असोज २, २०७९ आइतबार १३:५९, काठमाडौँ

भिडियो कन्फ्रेन्सिङ एप जुमले छिटै नै आफ्नै इमेल सेवा ल्याउने भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार जुम अहिले इमेल सेवा र क्यालेन्डर एपको विषयमा काम गरिरहेको छ।

पछिल्लो समय आफ्नो सफ्टवेयरको लोकप्रियता बढेसँगै जुमले सेवा विस्तारको तयारी गरेको हो। यी एपहरुलाई जेडमेल र जेडकल भनिनेछ।

पछिल्लो दुई वर्षदेखि कम्पनीले यी एप निर्माणको लागि काम गरिरहेको छ। कम्पनीले आगामी नोभेम्बरमा हुने सम्मेलनमा यसको घोषणा गर्न सक्ने समाचारमा उल्लेख छ।

कोरोना महामारीको समयमा मानिसहरुलाई घरबाटै काम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जुमको लोकप्रियता पनि सोही अवधिमा बढेको थियो।

कम्पनीले आफ्नो इमेल ल्याएसँगै उसको प्रतिस्पर्धा बजारमा सेवा प्रदान गरिरहेका जीमेल, एप्पल इमेल र आउटलुकजस्ता कम्पनीसँग हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .