राजनीति


गठबन्धनले चुनाव हारेपछि राजीनामा दिइन् स्विडेनकी प्रधानमन्त्रीले

गठबन्धनले चुनाव हारेपछि राजीनामा दिइन् स्विडेनकी प्रधानमन्त्रीले

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १५:४२, काठमाडौँ

स्विडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा घोषणा गरेकी छन्। आइतबार भएको चुनावमा उनको मध्य–वामपन्थी गठबन्धन साँघुरो अन्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएपछि उनले राजीनामा दिने बताएकी हुन्।

उनको गठबन्धनले १७३ सिट जित्दा दक्षिणपन्थी गठबन्धनले १७६ सिट हात पारेको छ।

एन्डरसन स्विडेनको पहिलो महिला प्रधानमन्त्री हुन्। उनको सोसल डेमोक्र्याट्स पार्टीले २०१४ यता शासन चलाउँदै आएको थियो। १९३० को दशकदेखि नै राजनीतिमा यो पार्टी हाबी छ। तर, पछिल्लो समय अति दक्षिणपन्थी पार्टीहरुको लोकप्रियता बढ्दो छ।

दक्षिणपन्थी गठबन्धनमा स्विडेन डेमोक्र्याट्स, मोडरेट पार्टी, क्रिस्चियन डेमोक्र्याट्स र लिबरल्स छन्। जसमध्ये कुनै समय अन्य राजनीतिक दलले घृणापूर्वक हेर्ने स्विडेन डेमोक्र्याट्स पार्टीले यसपटक २० प्रतिशत मत पाएको छ। यो पार्टी १९८० को दशकको अन्त्यमा नवनाजी आन्दोलनबाट जन्मेको थियो।

मोडरेट पार्टीका उल्फ क्रिस्टेरसन नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad