संसदको महाभियोग सिफारिस समितिले महाभियुक्तले बयान दिने क्रममा आरोपित गरेका अधिवक्ताहरुसँग बयान लिन सुरु गरेको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई आरोपित गरेका थिए।
सोहीअनुसार समितिले उनीहरुलाई बयान लिन समितिमा बोलाएको थियो।
बयान दिन पुगेका ११ अधिवक्तामध्ये सात जनासँग बयान लिन सुरु भएको हो।

आज बयान दिनलागेका अधिवक्ताहरुमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणि पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ र ओमप्रकाश अर्याल छन्।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, ज्येष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भने पुगे पनि चोलेन्द्रले नाम नलिएका कारण उनीहरु फर्किएका छन्।
Shares

प्रतिक्रिया