राजनीति


पूर्वप्रधानन्यायाधीशहरु पनि महाअभियोग समितिमा नजाने

पूर्वप्रधानन्यायाधीशहरु पनि महाअभियोग समितिमा नजाने

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १२:६, काठमाडौँ

महाअभियोग सिफारिस समितिले बोलाएका छलफलमा चार पूर्वप्रधानन्यायाधीशहरु पनि नजाने भएका छन्। 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा चार जना पूर्व प्रधानन्यायाधीशको पनि नाम लिएका थिए। 

पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायमाझी बिहीबार दिउँसो १ बजे समितिले छलफलका लागि बोलाएको थियो। तर चारै जना पूर्वप्रधानन्यायाधीशहरु उक्त छलफलमा सहभागी नहुने भएका छन्। उनीहरुले आफूहरु नआउने समितिलाई जानकारी गराइसकेको पूर्वपप्रधानन्यायाधीश अनुपराज शर्माले बताए। 

यसअघि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु पनि समितिले बोलाएको छलफलमा सहभागी नहुने निर्णय गरेका थिए। समितिले पत्र पठाउँदै ६ जना न्यायाधीशलाईं बोलाएपछि सर्वोच्च अदालतको फुलकोर्टबाटै उक्त छलफलमा सहभागी हुन नमिल्ने निर्णय गरेका थिए। 

चोलेन्द्रले बयानका क्रममा लान्छना लगाएका वकिलहरुलाई समितिले दिउँसो ३ बजे बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad