राजनीति


चोलेन्द्र प्रकरण : महाभियोग सिफारिस समितिको बैठक बस्दै

चोलेन्द्र प्रकरण : महाभियोग सिफारिस समितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ७:५२, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज (बिहीबार) बस्दै छ। 

बैठक दिउँसो १ बजे बस्नेछ। यसअघि उक्त बैठक आज बिहान ८ बजे बस्ने तय गरिएको थियो। तर सर्वोच्च अदालतका न्यायाधीशहरू उपस्थित नहुने भएपछि बैठक दिउँसोलाई सारिएको हो। 

निलम्बित प्रधानन्यायाधीश जबराले समितिमा बयानका क्रममा आरोप लगाएका सर्वोच्चका ६ जना न्यायाधीशलाई बोलाएर सोध्ने भन्दै समितिले बुधबार निर्णय गरेको थियो।

तर समितिको पत्र सर्वोच्च पुगेपछि सर्वोच्च अदालतको फुलकोर्ट बसेर समितिले बोलाए पनि बहालवाला न्यायाधीशहरु त्यहाँ जान नमिल्ने निर्णय गर्दै समितिलाई नआउने जानकारी दिएको हो। 

आजको बैठकमा समितिले पूर्वप्रधानन्यायाधीशहरुलाई सोधपुछका लागि बोलाएको छ। उनीहरूलाई पनि चोलेन्द्रले लाञ्छना लगाएका थिए।

यस्तै ३ बजे नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूलाई पनि समितिले सोधपुछ गर्ने भएको छ। चोलेन्द्रले उनीहरुलाई पनि विभिन्न आरोप लगाएका छन्।

आफूविरुद्ध लागेको लाञ्छनाका विषयमा उनीहरूसँग समितिले बुझ्ने निर्णय गरेको हो। 

यसअघि समितिले चोलेन्द्रसँग ४३ वटा प्रश्नको जवाफ लिएको थियो। लिखित प्रश्नको जवाफ चोलेन्द्रले दिइसके पनि उनको बयान सकिएको छैन।

सांसदले चोलेन्द्रको जवाफपछि पूरक प्रश्न सोध्न बाँकी छ। यसका लागि समय तय भइसकेको छैन। 

यता, महाभियोग सिफारिस समिति असोज २ गते सांसदको कार्यकाल सकिने भएपछि निष्क्रिय हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad