राजनीति


चिनियाँ नेता लीको भ्रमणले काठमाडौंका सडकमा यातायात प्रभावित, सर्वसाधरणलाई सास्ती

वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह
चिनियाँ नेता लीको भ्रमणले काठमाडौंका सडकमा यातायात प्रभावित, सर्वसाधरणलाई सास्ती

तस्बिर : मीनराज वसन्त


नेपालखबर
भदौ २८, २०७९ मंगलबार ९:३३, काठमाडौँ

चिनियाँ सभामुख ली चाङ्सुको नेपाल भ्रमणका कारण मंगलबार राजधानीका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ। 

रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतिघर, नयाँ बानेश्वरदेखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ। 

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने,  नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल,  टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माईतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीका कार्यालयले जानकारी दिएको छ। 

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ सभामुखले आज उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .