राजनीति


नेपाल आइपुगे चिनियाँ संसदका सभामुख ली

नेपाल आइपुगे चिनियाँ संसदका सभामुख ली

त्रिभवुन विमानस्थलमा चिनियाँ नेता ली र सभामुख अग्नि सापकोटा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १५:४३, काठमाडौँ

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन्। 

करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। 

चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन्। 

उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापासहितको टोली विमानस्थलमा पुगिसकेको छ।

ली विमानस्थलबाट सिधै होटल सोल्टी जानेछ। 

त्यसपछि लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपरान्ह पौने ५ बजे संसद भवनमा भेटवार्ता गर्नेछन्। 

सोमबार बेलुकी साढे ७ बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad