नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गते हुने चुनावमा बहुमत नल्याउने भए पार्टीले गठबन्धन गरेर जानुको अर्थ नहुने बताएका छन्।
गृहजिल्ला मोरङ पुगेका उनले आइतबार आयोजित एक कार्यक्रमका क्रममा यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै कोइरालाले पार्टी केन्द्रीय कार्य समितिले नै बहमुतका लागि गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसका लागि १ सय सिट कांग्रेसले उम्मेदवारी दिनुपर्ने अडान राखे।
पार्टी केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनिसकेको अवस्थामा त्यहीअनुसार सिट बाँडफाँट कोसिस भइरहेको पनि उनले बताए।
'८०/ ८५ सिटमा उम्मेदवारी दिएर कांग्रेसले बहुमत ल्याउँदैन', चेतावनी दिँदै उनले भने, 'त्यसले उल्टै पार्टीमा विद्रोह हुन्छ।'
डा. कोइरालाले २०७४ सालमा कांग्रेस एक्लैले जितेका निर्वाचन क्षेत्र छाड्न गठबन्धनका अन्य दललाई दिन नसकिने पनि कुरा कार्यक्रममा राखेका छन्।
Shares
प्रतिक्रिया