ad ad

राजनीति


चोलेन्द्रको बयान सुरु, आजै ३२ प्रश्नको जवाफ लिइसक्ने, पुरक प्रश्न नसोधिने

चोलेन्द्रको बयान सुरु, आजै ३२ प्रश्नको जवाफ लिइसक्ने, पुरक प्रश्न नसोधिने

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १२:५९, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोपबारे बयान दिन महाभियोग सिफारिस समितिको बैठक कक्षमा पुगेका छन्। 

आइतबार मध्यान्ह साढे १२ बजेदेखि सुरु हुने भनिएको उनीसँगको बयान २० मिनेट ढिलो गरी सुरु भएको हो। 

चोलेन्द्र बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका थिए।

तर बयान लिनका लागि तोकिएका ११ सांसदमध्ये १० जना ढिलो पुगे। कांग्रेसका सांसद एवम् समिति सभापति रामबहादुर विष्ट मात्रै निर्धारित समयमै सभाकक्षमा पुगेका थिए। 

आज समितिले ४३ मध्ये बाँकी सबै ३२ प्रश्नको जवाफ चोलेन्द्रसँग लिन लागेको छ। सभापति विष्टले आज सबै प्रश्न सक्ने गरी बयान तयारी भएको बताए।

'आज सबै प्रश्नको जवाफ लिइनेछ। सांसदहरुले पुरक प्रश्न सोध्ने छैनन्', उनले भने, 'मूल प्रश्नको जवाफ लिइसकेपछि सांसदहरुलाई अर्को दिन पुरक प्रश्नका लागि समय दिइनेछ।'

चोलेन्द्र पहिलो दिनको बयान दिन पनि ५ मिनेटअघि नै बैठक कक्ष पुगेका थिए। तर सांसदहरु भने आधा घण्टापछि मात्रै पुग्दा पहिलो दिनको बयान डेढ घण्टा ढिलो सुरु भएको थियो। 

चोलेन्द्रले यसअघिका तीनवटा बैठकमा जम्मा ११ वटा प्रश्नको जवाफ दिइसकेका छन्। 

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।

संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .