निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोपबारे बयान दिन महाभियोग सिफारिस समितिको बैठक कक्षमा पुगेका छन्।
आइतबार मध्यान्ह साढे १२ बजेदेखि सुरु हुने बयानका लागि चोलेन्द्र पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका हुन्।
तर बयान लिनका लागि तोकिएका ११ सांसदमध्ये अहिलेसम्म कांग्रेसका रामबहादुर विष्टमात्रै सभाकक्षमा पुगेका छन्।
चोलेन्द्र पहिलो दिनको बयान दिन पनि ५ मिनेटअघि नै बैठककक्ष पुगेका थिए। तर सांसदहरु भने आधा घण्टापछि मात्रै पुग्दा पहिलो दिनको बयान डेढ घण्टा ढिलो सुरु भएको थियो।
चोलेन्द्रले यसअघिका तीनवटा बैठकमा जम्मा ११ वटा प्रश्नको जवाफ दिइसकेका छन्।
अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताए।
संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग?
समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन्।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।
संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।
Shares

प्रतिक्रिया