शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादीनिकट पत्रकारले प्रचार मोर्चा सम्हाल्नुपर्ने बताए।
उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नु पर्ने बताए।
उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यावसायिक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे।
प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पोलिटब्युरो सदस्य राजकाजी गुरूङ, पोलिटब्युरो सदस्य किशन शर्मा पनि उपस्थित थिए।
Shares

प्रतिक्रिया