नेपालले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा अस्थायी सदस्यको उम्मेदवारी दिने भएको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालले अस्थायी सदस्यमा उम्मेदवारी दिने विषयमा आवश्यक तयारीका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको जनाएका छन्।
यसअघि नेपाल सन् सन् १९६९–७० मा र पुनः १९८८–८९ मा सुरक्षा परिषदको अस्थायी सदस्य थियो।
प्रतिक्रिया