चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गंगानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो।
बँदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उनले जानकारी दिए।
उनीहरुलाई बिहान १०ः०० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बँदेलले आक्रमण गरेको थियो। घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। रासस
3
Shares
प्रतिक्रिया