ad ad

राजनीति


सरकारका प्रवक्ता भन्छन् : गठबन्धनले चाँडै जनतालाई खुसीको खबर दिन्छ

जसपाले गठबन्धन छाडेर जान नसक्ने दाबी
सरकारका प्रवक्ता भन्छन् : गठबन्धनले चाँडै जनतालाई खुसीको खबर दिन्छ

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार २१:५९, काठमाडौँ

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनता समाजवादी पार्टीले गठबन्धन छाडेर जान नसक्ने बताएका छन्। 

बिहीबार बसेको सत्तारुढ शीर्ष नेता र कार्यदलको बैठकमा मधेश प्रदेशबाहिर प्रदेश १ का धनकुटा र मोरङ ५ पनि जसपाले मागेपछि कार्कीले यसो भनेका हुन्। 

उनका अनुसार बिहीबार कार्यदलद्वारा शीर्ष नेतृत्वलाई प्रतिवेदन पेश भएको छ। 

'प्रतिवेदनलाई लिएर कार्यदल र नेतृत्वबीच छलफल भयो। छलफल लामो भए पनि बाँकी कुरा मिलाउन भोलि पनि जारी रहन्छ', उनले भने,'हामीले हाम्रो दृष्टिकोण राखेका छौँ। शीर्ष नेताहरुबीच थप छलफल गरेर देशवासीलाई राम्रो खबर दिनेछौँ।'

उनले बाहिर उठेका कुरा विश्लेषण गरेर प्रतिवेदन लेखेको पनि बताए। 'न्यायोचित ढंगले सिट बाँडफाँट हुन्छ, सम्मानजनक सिट बाँडफाँट हुन्छ', उनले भने, 'सबैले मैले जितेको छु भन्ने गरी सिट बाँडफाँट हुन्छ। सिटकै कारण जसपा गठबन्धनबाहिर जाने कुरा कल्पनाबाहिरको हो।'

भिडिओ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .