ad ad

राजनीति


दाङ-२ बाट इन्जिनियर विशाल अधिकारीको उम्मेदवारी घोषणा

दाङ-२ बाट इन्जिनियर विशाल अधिकारीको उम्मेदवारी घोषणा

नेपालखबर
भदौ २३, २०७९ बिहिबार २१:४८, काठमाडौँ

आगामी निर्वाचनमा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेका बेला युवा इन्जिनियर विशाल अधिकारीले दाङको क्षेत्र नं २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत अधिकारीले आफू निर्वाचनमा उठ्ने बताएका हुन्।

‘समुन्नत समाजका लागि नयाँ सोच र विकासको मोडलबारे जानकारी भएकाहरूले नेतृत्व गर्नुपर्छ भन्ने आम आवाज छ। दिगो र भरपर्दो विकासका लागि योगदान गर्ने दृढ इच्छाका साथ मैले लुम्बिनी प्रदेश दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको छु’ अधिकारीले भनेका छन्।

उनले कृषियोग्य भूमिमा भएका अव्यवस्थित औद्योगिकिकरण नियन्त्रण, वायु प्रदुषण र मानव स्वास्थ्यलाई ख्याल गर्नेगरी दिगो विकास, साथसाथै, सडक पूर्वाधारमा देखिएको समस्या समाधानको प्रष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्। 

‘दाङ विकास मोडेल’ देशभर फैलाउने र यसका लागि संघीय संसदमार्फत नीतिगत तहमै प्रभाव पार्ने दृढ इच्छाशक्ति रहेको अधिकारीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .