ad ad

राजनीति


रामबहादुर थापासँगै एमाले बनेका बलंपाकी माओवादी केन्द्रमै फर्किए

रामबहादुर थापासँगै एमाले बनेका बलंपाकी माओवादी केन्द्रमै फर्किए

नेपालखबर
भदौ २३, २०७९ बिहिबार २१:५३, सर्लाही

नेकपा एमालेका केन्द्रीय सदस्य टेकबहादुर बलंपाकीसहितका नेताहरु एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

तत्कालिन नेकपा विभाजन हुँदा रामबहादुर थापासँगै एमालेमा रहेका  बलंपाकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 

महोत्तरीको हात्तिलेट घर भएका बलंपाकी माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए। पछि थापासँगै उनी माओवादीमा फर्किएका थिए। 

बलंपाकीको राजनीतिक पृष्ठभूमि भने जनमोर्चा, नेपाल हो। उनी जनवादी गायकको रुपमा पनि परिचित छन्। उनी एमाले बनेपनि उनकी पत्नी सीता दाहाल भने माओवादी केन्द्रमै क्रियाशील थिइन्। 

बलंपाकीसँगै महोत्तरी नै घर भएका एमालेका पूर्व केन्द्रीय सदस्य राजेन्द्र साह पनि माओवादीमै फर्किएका छन्। जनयुद्ध पृष्ठभूमिका साह पनि थासँगै एमाले बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .