राजनीति


योगेश भट्टराईको अभाव महसुस गरिन् रामकुमारी झाँक्रीले

योगेश भट्टराईको अभाव महसुस गरिन् रामकुमारी झाँक्रीले

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार ९:३७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन्। 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत योगेशलाई जन्मदिनको शुभकामना दिँदै पूर्वमन्त्री झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेला उनको अभाव महसुस हुने उल्लेख गरेकी हुन्। 

झाँक्रीले लेखेकी छन्, ‘Happy birthday to you Dai, Many many happy returns of a day ahead. आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ।’  

एमाले र पछि नेकपा हुँदा उनीहरू एकै समूहमा थिए। नेकपामा विवाद हुँदा उनीहरू दुवै प्रचण्ड–माधव नेपालका पक्षमा र केपी शर्मा ओलीविरुद्ध उभिएका थिए। तर अदालतले नेकपा विभाजनको फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा ओली र माधव नेपाल पक्षबीच टक्कर पर्यो। यस क्रममा उनीहरू दुवै नेपाल पक्षमा रहेका भए पनि अन्तिम समय पार्टी विभाजनका बेला योगेश एमालेमै रहे भने रामकुमारी नेकपा एकीकृत समाजवादीमा समाहित  भइन्। 

अहिले उनीहरू दुवै जना आआफ्ना पार्टीमा सचिव पदमा छन्। 

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झाँक्री गृह जिल्ला गुल्मीबाट उम्मेदवारमा सिफारिस भएकी छन्। यही बेला उनले पूर्वसहकर्मी योगेश भट्टराईलाई सम्झेकी हुन्। 

आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवै चुनाव एकैचरणमा हुँदै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .