सर्लाहीको हरिवनमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट पौने ३ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
हरिवन नगरपालिका २ चिसापानीस्थित छाप्रोमा जुवा खेलिरहेका बेला सोमबार दिउँसो एकै ठाउँबाट १२ जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट २ लाख ७१ हजार ६ सय नेपाली र २७१ भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।
उनीहरूले जुवातास खेलेको ठाउँबाट प्रहरीले ८ थान मोबाइल, इन्भटर, हुक्का, तास, कौडा, कारपेटसहितका सामान पनि बरामद गरेको छ।
उनीहरूलाई प्रहरी हिरासतमा राखेर आवश्यक कारबाहीको प्रक्रियाअघि बढाइएको डीएसपी यादवले जानकारी दिए।
54
Shares

प्रतिक्रिया