राजनीति


पर्यटनमन्त्री भन्छन् : मेरा अंगरक्षकलाई दुर्व्यवहार गरियो, सबै नेता र मन्त्री खराब हुँदैनन्

पर्यटनमन्त्री भन्छन् : मेरा अंगरक्षकलाई दुर्व्यवहार गरियो, सबै नेता र मन्त्री खराब हुँदैनन्

नेपालखबर
भदौ २०, २०७९ सोमबार ७:३२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले छाँया सेन्टरमा भएको घटनामा आम मानिसबाट आएको प्रतिक्रियामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

प्रतिक्रिया स्वभाविक भएको भएपनि घटना लाइनमा नबसेर नभएको उनले प्रष्टिकरण दिएका छन्। 

ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका बेला त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेपछि मन्त्री श्रेष्ठ आक्रोशित भएपछि त्यसबारे आलोचना सुरु भएको थियो। 

‘छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टिकरण दिँदै उनले भनेका छन्, ‘पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो  निकायमा जानकारी गराएको हो।’

घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन उनले आग्रह गरेका छन्। ‘घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सवै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु।’ मन्त्री श्रेष्ठले भनेका छन्। 

लाइनमा बस्नुस् भन्दा मन्त्री हो भन्दै अगाडि बढ्न खोजेका उनलाई रोक्ने सुरक्षागार्ड गुरुङ अहिले दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा छन्। 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहोराले माथिल्लो तहको निर्देशनअनुसार सुरक्षागार्ड गुरुङलाई हिरासतमा लिएर म्याद थप गरिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .