ad ad

राजनीति


मन्त्री श्रेष्ठ भन्छन् : सुरक्षागार्डले हामीलाई ‘मिसबिहेब’ गर्यो, लाइनमै बस्दा पनि धकेल्यो

मन्त्री श्रेष्ठ भन्छन् : सुरक्षागार्डले हामीलाई ‘मिसबिहेब’ गर्यो, लाइनमै बस्दा पनि धकेल्यो

फाइल तस्बिर


रुपक चौलागाईं
भदौ १९, २०७९ आइतबार १८:२०, काठमाडौँ

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टमा बायोमेट्रिक दिन शुक्रबार बिहान ९ बजे पुगेका बेला त्यहाँको सुरक्षागार्डले आफूहरुलाई दुर्व्यवहार गरेको बताएका छन्।

यो प्रकरणमा संलग्न भनिएका छाया सेन्टरस्थित भीएसएफको सुरक्षामा तैनाथ गार्ड शेरजंग गुरुङले आफूहरुलाई धकेलेको मन्त्री श्रेष्ठले दाबी गरेका हुन्। 

'म त्यहाँ क्यानाडाको भिसाका लागि श्रीमतीसहित बायोमेट्रिक गर्न पुगेको थिएँ। नौ बजे त्यहाँ खास मान्छे पनि थिएनन्',  उनले नेपालखबरसँग भने, 'हामी त्यहाँ लाइनमै बस्दा पनि गार्डले धकेल्यो। हाम्रो अगाडि दुईजना लाइनमा थिए, म र श्रीमती पछाडि थियौँ। हाम्रो पालो आइसकेको थियो तर त्यो गार्ड आएर हामीलाई मन्त्री सन्त्री मतलब छैन भन्दै धकेल्यो।'

'अगाडि दुईजना लाइनमा थिए, उनीहरु भित्र छिरिसकेका थिए। त्यसपछि मेरो र मिसेसको पालो थियो। तर अचानक गार्डले आएर ठेल्यो', उनले भने, 'मेरो अंगरक्षकले उहाँ मन्त्रत्री हुनुहुन्छ भनेको थियो। तर उसले मन्त्री सन्त्री मलाई मतलव छै भन्यो। म पनि भूतपूर्व आर्मी हो भन्दै हाम्रो सेक्युरिटी गार्डलाई उसको परिचयपत्र झिक्दै घोच्यो।'

आफूले मन्त्री भएको परिचय दिँदा पनि आफू भूपू आर्मी भन्दै गुरुङले दुर्व्यहार गरेको बताए। 'उसले आई नो भन्दै धकेल्यो। उसको त्यसखालको दुर्व्यवहार भएपछि हाम्रा सुरक्षाकर्मी रिपोर्ट गरिदिएका हुन्। अनि पक्राउ परेको हो। शुक्रबारै उसलाई पक्राउ गरेको हो।'

श्रेष्ठले आफू मन्त्री हुँ भन्दा भन्दै पनि दुर्व्यवहार गरेपछि पक्राउ गरेको बताए। 'भीएसएफले समय दिइसकेपछि गएको हुँ म। लाइनमै गएको छु प्रक्रियाअनुसार गरेको हो', उनले भने, 'तर प्रधानमन्त्री पनि लाइन लागेर जाने हो र बायो मेट्रिकको लागि? जुनसुकै देशमा भीभीआईपीलाई पनि सुविधा हुन्छ। तर त्यहाँ किन त्यो सुविधा राखिएन?'

उनले आफूलाई दुर्व्यवहार भएको घटनाको गलत तरिकाबाट बाहिर ल्याइएको बताए। 'सुरक्षागार्डले मन्त्रीलाई लाइन बस् भन्दा पक्राउ परेको होइन', उनले भने, 'उसले मेरो टोली र अंगरक्षकलाई पनि मिस बिहेब गरेकाले पक्राउ गरिएको हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .