राजनीति


प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार १०:५८, काठमाडौँ

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ। 

दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक बस्दै छ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो। 

आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने उल्लेख गरिएको छ। 

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ ।

सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad