ad ad

राजनीति


शीर्ष नेताको छलफलपछि बालुवाटारमा कार्यदलको बैठक

शीर्ष नेताको छलफलपछि बालुवाटारमा कार्यदलको बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १२:३०, काठमाडौँ

सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केहीबेर अघि कार्यदलको बैठक सुरु भएको हो। 

कार्यदल बस्नुअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष नेताहरुको छलफल सकिए लगत्तै कार्यदलको बैठक सुरु भएको हो। 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ।

अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ

बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो। 

बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए। उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .