ad ad

राजनीति


भारतीय सेनाले अमेरिकाबाट किन्यो शक्तिशाली सिग७१६ राइफल

भारतीय सेनाले अमेरिकाबाट किन्यो शक्तिशाली सिग७१६ राइफल

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ९:३९,

कस्मिरमा खटिएका भारतीय सैनिकले अमेरिकामा निर्मित सिग सावर एसल्ट राइफल पाएका छन्।

भारतीय सेनाले प्रयोग गर्दै आएको इन्सास राइफल कस्मिरमा आतंकवादीहरुसँग लड्न उपयुक्त नभएको भन्दै आलोचना भइरहेका बेला उसले अमेरिकी राइफल किनेको हो।

भारतले अमेरिकाबाट ७२ हजार सिग ७१६ राइफल किन्न ७ सय करोड भारतीय रुपैयाँको सम्झौता गरिसकेको छ। जसको पहिलो खेपबापत १० हजार राइफल भारतीय सेनालाई आपूर्ति गरिसकिएको छ।

अमेरिकामा निर्मित नयाँ राइफल एक वर्षभित्र द्रूत प्रक्रियामार्फत भारतीय सेनालाई आपूर्ति गरिसकिने जनाइएको छ।

७२ हजारमध्ये ६६ हजार भारतीय सेना, २ हजार नौसेना र ४ हजार वायुसेनालाई दिइने छ।

यसअभै भारतमै बनेको इन्सास राइफलको गोली भने ५.५६x४५ एमएमको थियो। तर सिग ७१६ राइफलको गोली भने ७.६२x४५ एमएमको हुनाले बढी शक्तिशाली मानिन्छ।

यसबाहेक भारतले रुससँग मिलेर भारतमै ७ लाख वटा एके–२०३ एसल्ट राइफल बनाउने सम्झौता पनि गरिसकेको छ।  एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .