ad ad

खेल


सागमा भारतकै वर्चश्व, बाँकी सबै राष्ट्रको भन्दा ३२ बढी स्वर्ण जित्यो

सागमा भारतकै वर्चश्व, बाँकी सबै राष्ट्रको भन्दा ३२ बढी स्वर्ण जित्यो

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ९:५७,

दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वर्चस्व जमाएको भारतले १३ औं सागमा समेत आफ्नो वर्चश्व कायमै राखेको छ। भारतले जितेको स्वर्ण पदक बाँकी सबै सहभागी राष्ट्रले जितेको भन्दा धेरै छ।

मंगलबार सम्पन्न भएको सागमा भारतले १७४ स्वर्ण जित्दै आफूलाई अग्रस्थानमा राखेको हो। बाँकी सबै राष्ट्रले पाएको स्वर्णको संख्या १४२ छ, जो भारतले एक्लै पाएको भन्दा ३२ ले कमी हो।

भारतले १७४ स्वर्णसहित ९३ रजत र ४५ कास्य गरी ३१२ वटा पदक जितेको थियो। दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जित्न सफल भएको थियो।

यस्तै, श्रीलंकाले ४० स्वर्ण जित्दै तेस्रो भएको थियो। श्रीलंकाले ८३ रजत र १२८ कास्य गरी कूल २५१ पदक जितेको थियो। ३१ स्वर्ण जितेको पाकिस्तानले ४१ रजत र ५९ कास्य गरी कुल १३१ वटा पदक जितेको थियो ।

यस्तै, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी जम्मा १३८ वटा पदक जितेका थियो भने माल्दिभ्सले १ स्वर्ण र ४ कास्य गरी ५ पदक जितेको छ। भुटानले ७ रजत र १३ कास्य गरी २० वटा पदक जितेको थियो।

यसअघिका साग प्रतियोगिताहरुमा जस्तै भारतले सर्वाधिक स्वर्ण पदक जित्दै आफूलाई अग्रस्थानमै राख्न सफल भएको छ।

१३ औं सागमा नेपालले जितेको ५१ स्वर्णपदक भने अहिलेसम्मकै सर्वाधिक हो। यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .