ad ad

राजनीति


जम्मु र कस्मिर राष्ट्रसंघको ‘विवादित’ सूचीबाट हट्यो, पाकिस्तानको विरोध

जम्मु र कस्मिर राष्ट्रसंघको ‘विवादित’ सूचीबाट हट्यो, पाकिस्तानको विरोध

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ९:१५,

जम्मु र कस्मिरलाई संयुक्त राष्ट्रसंघले ‘नसल्टिएका विवाद’ को सूचीबाट हटाएको छ। राष्ट्रसंघको यस्तो कार्यको पाकिस्तानले विरोध गरेको छ।

करिब सात दशकदेखि जम्मु र कस्मिरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच खिचातानी चलिरहेको छ। यसै वर्ष भारतले यो राज्यलाई टुक्र्याएर केन्द्रशासित भूभागको हैसियत दिएको छ।

‘जम्मु र कस्मिर विवादलाई लामो समयदेखि जारी विवादको सूचीमा उल्लेख गरिएको छैन,’ राष्ट्रसंघका लागि पाकिस्तानी दूत अमजद हुसेन बी सियालले महासभा बैठकमा भने, ‘हामीलाई लाग्छ यो गल्ती असावधानीवश भएको हो। किनभने जम्मु र कस्मिर सुरक्षा परिषदमा सबैभन्दा पुरानो विवादित एजेन्डामध्ये एक हो।’

पाकिस्तानले जम्मु र कस्मिरमा राष्ट्रसंघले हस्तक्षेप गर्नुपर्ने माग राख्दै आएको छ। भारतले भने यो विषय द्विपक्षीय रुपमा समाधान हुनुपर्ने अडान राख्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .