ad ad

राजनीति


तनहुँ २ बाट निर्वाचन लड्न प्रदीप पौडेलले दिए पार्टीमा आवेदन

तनहुँ १ मा रामचन्द्र पौडेल र शंकर भण्डारीको दाबी
तनहुँ २ बाट निर्वाचन लड्न प्रदीप पौडेलले दिए पार्टीमा आवेदन

नेपालखबर
भदौ १५, २०७९ बुधबार ८:३७, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो। 

सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्नेगरी पार्टीमा आवेदन दिएको पौडेलले नेपालखबरलाई बताए। 

उनले यसअघि पनि तनहुँ २ बाटै उम्मेदवार हुने बताउँदै आएका थिए। केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाश आलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन्। 

पौडेल गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए। शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।

यहाँ कांग्रेसका शंकर भण्डारी ०७४ को निर्वाचनमा उम्मेदवार बनेका थिए। सो क्षेत्रबाट नेकपा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए।

भण्डारीले यो पटक तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन्। तनहुँ–१ मा अन्तिम पटक निर्वाचन लड्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन्। पौडेलले गत ३ भदौमा गृहनगर दमौलीमा संचारकर्मीसँग कुरा गर्दै अन्तिम पटक सोही क्षेत्रबाट निर्वाचन लड्ने चाहना ब्यक्त गरेका थिए।

कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .