ad ad

लुम्बिनी


दाङमा चट्याङ लागेर  २ महिलाको मृत्यु, १२ जना घाइते

दाङमा चट्याङ लागेर  २ महिलाको मृत्यु, १२ जना घाइते

सुदीप भण्डारी
भदौ १५, २०७९ बुधबार ८:४२, बुटवल

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए।

‘दुई जनाको मृत्यु भन्ने जानकारी आएको छ। त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नुपर्छ। कसैसँग सम्पर्क भएको छैन’, उनले भने, ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरीसँगै गइरहनुभएको छ। अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ।’

त्यो ठाउँमा फोन सम्पर्कसमेत नभएको डीएसपी गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .