ad ad

राजनीति


प्रदीप पौडेल तनहुँ–२ बाट चुनाव लड्ने

प्रदीप पौडेल तनहुँ–२ बाट चुनाव लड्ने

नेपालखबर
जेठ २६, २०७९ बिहिबार १६:१९, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल गृहजिल्ला तनहुँबाटै संघीय निर्वाचनमा प्रतिष्पर्धा गर्ने मनस्थितिमा देखिएका छन्। 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत निर्वाचन लड्दै आएको काठमाडौँ–५ बाट उठ्ने हल्ला चलिरहेका बेला उनले आफू गृहजिल्ला तनहुँबाटै संघीय निर्वाचनमा प्रतिष्पर्धा गर्ने मनस्थितिमा रहेको बनाएका छन्। 

‘तनहुँ–२ बाटै चुनाव लड्ने इच्छा छ। पार्टीले त्यहीँबाट टिकट दिन्छ भन्ने विश्वास पनि छ,’ बिहीबार बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले भने। 

भूगोल र मतदाता बुझेका कारण पनि तनहुँ–२ मा नै चुनाव लड्ने आफ्नो इच्छा रहेको उनको भनाइ छ। 

कांग्रेस प्रवक्ता डा. महत गृहजिल्ला नुवाकोटबाट संघीय निर्वाचन लड्ने तयारीमा जुटेपछि काठमाडौँ–५ बाट नेता पौडेल उठ्ने चर्चा चलेको छ। 

यो क्षेत्रबाट तनहुँकै अर्का नेता गोविन्द भट्टराई पनि संघीय निर्वाचन लड्नेसमेत चर्चा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .