ad ad

राजनीति


महाभियोग सिफारिस समितिको बैठकमा जाँदै चोलेन्द्र, बयान लिने तयारी

महाभियोग सिफारिस समितिको बैठकमा जाँदै चोलेन्द्र, बयान लिने तयारी

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार ८:५, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बुधबार (१५ भदौ) बिहान ११ बजे बस्ने समितिको बैठकमा जबरालाई बोलाइएको छ।

महाभियोग सिफारिस समितिले जबरासँग बुधबार बयान लिने तयारी रहेको छ।

समिति गठन भएको करिव ६ महिनापछि गत १ भदौमा समितिको पहिलो बैठक बसेको थियो। 

सो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो। 

महाअभियोग सिफारिस समिति ११ सदस्यीय रहेको छ। एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादीबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .