हङकङ प्रमुख जोन लीको गुआङझाओ भ्रमण स्थगित, बेइजिङसँगको सीमा खोल्ने वार्तामा अझै ढिलाइ हुने

हङकङ प्रमुख जोन लीको गुआङझाओ भ्रमण स्थगित, बेइजिङसँगको सीमा खोल्ने वार्तामा अझै ढिलाइ हुने

नेपालखबर
भदौ १५, २०७९ बुधबार ८:१६, हङकङ

हङकङ प्रमुख जोन ली का–चिउको गुआङझाओ र शेन्जेन भ्रमण स्थगित भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार बेइजिङसँगको सीमा खोल्न महत्वपूर्ण मानिएको जोन लीको भ्रमण स्थगित भएको हो। यससँगै अब हङकङको बेइजिङसँगको सीमा खोल्ने वार्तामा अझै ढिलाइ हुन सक्ने आशंका बढेको छ। 

स्रोतका अनुसार पछिल्लो समय दुवैतर्फ बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै पहिलो आधिकारिक भ्रमण स्थगित भएको हो।

यसअघि बुधबार जोन ली गुआङझाओ जाने कार्यक्रम तय भएको थियो। भ्रमणको तालिकाअनुसार कोरोना महामारीपछि हङकङको बेइजिङसँगको सीमा खोल्ने विषयमा  पनि लीले बेइजिङका अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम थियो। 

शनिबार भ्रमणको विषयमा जिज्ञासा राख्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लीले आफू हङकङको बेइजिङ र विश्वको सीमा खुला हुनुपर्छ भन्नेमा गम्भीर रहेको बताएका थिए।

यद्यपि उनले कहिलेदेखि बेइजिङसँगको सीमा खोल्न सकिन्छ भन्ने विषयमा भने कुनै जानकारी दिएका थिएनन्। 

अहिले हङकङमा कोरोना संक्रमण बढ्दो क्रममा छ। मंगलबार हङकङमा कोरोनाका ८ हजार ८४८ नयाँ संक्रमित थपिएका थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .