ad ad

राजनीति


नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल हुने

नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल हुने

नेपालखबर
भदौ १३, २०७९ सोमबार ७:१८, काठमाडौँ

नागरिकता विधेयकमाथि आज (१३ भदौ) विधायन व्यवस्थापन समितिमा छलफल हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक बोलाइएको हो। 

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ। 

नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ। 

आइतबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .