भारतीय संसदको तल्लो सदन लोकसभाले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि देशका उत्तरपूर्वी क्षेत्रमा अशान्ति फैलिएको छ।
विद्यार्थीहरुले बन्द आह्वान गरेका छन्। असम, मणिपुर, अरुणाचल प्रदेशमा जनजीवन प्रभावित भएको छ। राजधानी नयाँ दिल्लीमा पनि कैयौँ प्रदर्शन आयोजना गरिएको छ।
केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ।
भारतीय जनता पार्टीको सरकारले अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक कारणले भागेर आएका हिन्दु, सिख, बौद्ध, जैन, पारसी र ईसाई धर्मावलम्बीहरुलाई भारतमा नागरिकता दिने व्यवस्थासहितको विधेयक सोमबार लोकसभाबाट पारित भएको थियो।
यो व्यवस्था विभेदकारी र मुस्लिमविरोधी भएको भन्दै विभिन्न संगठनहरुले विरोध गरेका छन्। एजेन्सी

प्रतिक्रिया