समाज


साग उद्घाटनमा छाडिएको पटाका विस्फोटमा घाइते भएका बालककाे मृत्यु

साग उद्घाटनमा छाडिएको पटाका विस्फोटमा घाइते भएका बालककाे मृत्यु

 शैलेन्द्र महतो
मंसिर २४, २०७६ मंगलबार ११:५८,

जनकपुरमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) उद्घाटनको क्रममा छाडिएको पटाका विस्फोट हुँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ।

कुस्ती खेल भएको जनकपुरधाम उपमहानगरपालिका १३ स्थित कबर्ड हलनजिकै घर भएका निर्मला राउतका घाइते १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालक राउतको सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले बताए।

balak-ko-ghar.jpgमृतक बालककाे घर र भावविह्वल आफन्त

मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा नपड्केकाे पटाका बालकले घरमा लगि खेलाउँदा मंसिर २० गते बिहान बिस्फोट भएको थियो। विस्फोटबाट पेट फुटेर बालक गम्भीर घाइते भएपछि उपचारको लागि धरान लगिएको थियो।

उद्घाटनका क्रममा पटका पड्काउनेहरूको लापरबाहीले बालकले ज्यान गुमाउनु परेको स्थानीयले आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad