राजनीति


उच्च शिक्षामा अराजकता बढेको शिक्षामन्त्रीको स्वीकारोक्ति

उच्च शिक्षामा अराजकता बढेको शिक्षामन्त्रीको स्वीकारोक्ति

नेपालखबर
असार ९, २०७६ सोमबार १२:१४,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्च शिक्षामा अराजकता रहेको बताएका हुन्। उनले उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भईरहेको जानकारी दिए। विद्यालय शिक्षासँग सम्बन्धित र उच्च शिक्षासँग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको पनि उनले स्पष्ट पारे।

उनले भने, ‘उच्चशिक्षामा अराजकता पनि छ। विश्वविद्यालयहरुका विविध प्रकारका समस्या छन्। हिजोको क्षेत्रगत र आजको प्रादेशिक ढंगले रहेका विश्वविद्यालयहरुका काठमडौंमा सम्पर्क कार्यालयहरु थिए। तिनीहरुलाई बन्द गरिए। सबै विश्वविद्यालयलाई एउटा प्रणाली तर्फ लैजानका लागि काम गरिरहेका छौँ।’

चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहलबारे जानकारी गराउँदै उनले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनौटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको जानकारी दिए।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावली, साझा प्रवेश परीक्षा र शुल्क सम्बन्धी अलग अलग कार्यदलले कामहरु अगाडि बढाईरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने बताए। ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पुर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि स्पष्ट पारे।

सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगतीबारेमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि भएको पहल बारे जिज्ञासा राखेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad