राजनीति


माओवादीको पदाधिकारीमा चार ‘नयाँ अनुहार’

माओवादीको पदाधिकारीमा चार ‘नयाँ अनुहार’

सागर न्यौपाने
भदौ ४, २०७९ शनिबार १८:१५, काठमाडौँ

शनिबार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीलाई पूर्णता दियो। सो बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी चयन गरेको हो।

पदाधिकारीमा चयन हुने अधिकांश यसअघि माओवादी केन्द्रको स्थायी समितिमा रहेकाहरु नै छन्। तर, चार जना भने पहिलो पटकमै माओवादी केन्द्रको पदाधिकारीमा चुनिन सफल भएका छन्।

सचिव बनेका हितराज पाण्डे र डिलाराम आचार्य तथा कोषाध्यक्ष श्रीराम ढकाल पहिलो पटक स्थायी समिति सदस्य बनेका हुन्। स्थायी समितिको पहिलो कार्यकालमै उनीहरु पदाधिकारी बने।

राम कार्की भने पहिले स्थायी समिति सदस्य भए पनि एमालेसँगको एकताबाट बनेको नेकपाको स्थायी समितिमा समेटिएका थिएनन्।

सचिव बनेका दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य लामो समयदेखि स्थायी समिति सदस्य थिए।

माओवादीको बैठकले देव गुरुङलाई महासचिव बनाएको छ।

महासचिवमा दाबी गरिरहेका वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मासहित गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल उपमहासचिव बनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .