राजनीति


‘आत्महत्या दुरुत्साहन’ को प्रावधानले निरअपराधीलाई सजाय

‘आत्महत्या दुरुत्साहन’ को प्रावधानले निरअपराधीलाई सजाय

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:४२,

संसदको कानून, न्याय तथा मानवअधिकार समितिले मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई सुझाव दिएको छ।

मुलुकी संहिता र फौजदारी संहितामा गरिएको कतिपय व्यवस्था कार्यान्वयन गर्न कठिन भएको भन्दै समितिले तत्काल संशोधन प्रक्रिया अघि बढाउन भनेको हो। मुलूकी फौजदारी संहिता २०७४ को दफा १ सय ८५ को आत्महत्याका लागि दुरुत्साहन गर्नेलाई सजायको व्यवस्था गर्ने प्रावधानले निरअपराधीहरु पनि कानूनी कारबाहीमा परेको भन्दै थप परिभाषित गर्नुपर्ने भन्दै न्याय क्षेत्रबाटै संशोधन गर्नुपर्ने आवाज उठेको छ। चिकित्सकका सम्बन्धमा रहेको व्यवस्था संसोधन भएपनि सजायको व्यवस्थालाई संशोधन गरिएको छैन।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको कानून, न्याय तथा मानवअधिकार समितिको सोमबार बसेको बैठकमा सभापति कृष्णभक्त पोख्रेलले मुलुकी संहिता र फौजदारी संहितामा भएका केही व्यवस्था कार्यान्वयनका लागि समस्या भएको भन्दै न्याय क्षेत्रबाटै पनि गुनासो आएको उल्लेख गर्दै तत्काल संशोधन प्रक्रिया अघि बढाउन कानून मन्त्रालयलाई आग्रह गरेका हुन्।

बैठकमा उपस्थित उपप्रधानमन्त्री एंव कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादवलाई नै सम्बोधन गर्दै सभापति पोख्रेलले नयाँ प्रबन्ध गरिएको कानूनी व्यवस्थाको प्रयोगको सन्र्दभमा जनताले आवाज उठाएकाले मन्त्रालय अन्र्तगतको कार्यदललाई सक्रिय बनाई कानून संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरे।

समितिले देवानी संहितामा विवाहका लागि २० वर्ष हुनुपर्ने र १८ वर्ष माथिलाई यौन सम्पर्क राख्ने विषयलाई बैधता दिँदा व्यवहारिक कठिनाई भएको, फोटो खिच्दा अनुमति लिनुपर्ने प्रावधानले प्रेस संकुचनमा पेरेको, छाउपडीमा ३ महिना मात्रै सजाय दिने व्यवस्थाका सम्बन्धमा पनि उजुरी दिने तथा मुद्दा चलाउने निकायका बारेमा स्पष्ट नभएको र सजाय पनि कम भएको भन्दै आवश्यक सुधार गर्न भनेको छ।

त्यसैगरी विधवा महिलाले विवाह गर्दा अघिल्लो श्रीमान्को सम्पत्ति सन्तानलाई फिर्ता गर्नुपर्ने व्यवस्था पनि अव्यवहारिक भएको भन्दै समितिले संशोधनको आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad