राजनीति


अख्तियारले कर्मचारीलाई आतंकित बनायोः मुख्यमन्त्री पौडेल

अख्तियारले कर्मचारीलाई आतंकित बनायोः मुख्यमन्त्री पौडेल

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:४४,

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताएका छन्।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उनले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बताउ।

उनले भ्रष्टाचारविरुद्ध धेरै राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले कर्मचारीलाई आतंकित बनाएको उल्लेख गरे। बेनामी उजुरीका भरमा अख्तियारले कसैलाई दुःख दिनु राम्रो पक्ष नभएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने धारणा राखे। भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र नभइ आम नागरिकको दायित्व रहेको उनको धारणा थियो।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्त्यका लागि सबैले व्यवहारमा नै सदाचार कायम गर्नुपर्नेमा जोड दिउ। भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने उनको धारणा थियो।

‘जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाइत्व इमान्दारिताका साथ पूरा गर्नुपर्छ, तव मात्र भ्रष्टाचार अन्त्य हुन्छ’ उनले भने। उनले प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad