समाज


राशिफल १ साउन : मेषको वाणीमा प्रभाव, कर्कटलाई अप्रत्याशित धनलाभ, तपाईँको दिन कस्तो?

राशिफल १ साउन : मेषको वाणीमा प्रभाव, कर्कटलाई अप्रत्याशित धनलाभ, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
साउन १, २०८३ शुक्रबार ४:७, काठमाडौँ

शुक्रबार, १ साउन २०८३ (१६ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: वाणीमा प्रभाव बढ्ने दिन छ। सहयोगीहरूको साथले काममा अपेक्षित सफलता मिल्नेछ। मन मिल्ने साथीले करिअर सम्बन्धमा दिएको सुझाव सही सावित हुनेछ। यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ।

भाग्यशाली रङ निलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: घरायसी वातावरण केही असामान्य रहन सक्छ। परिवारका सानातिना काममा धेरै समय खर्चिनुपर्नेछ। राजनीतिक क्षेत्रमा केही अवरोध देखिए पनि आफन्तबाट सहयोग प्राप्त हुनेछ। ‘समय मूल्यवान् छ’ भन्ने भाव राख्नुहोला।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४६, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: परोपकारी कार्यमा रुचि बढ्नेछ र धन सञ्चयको अवसर प्राप्त हुनेछ। विद्या, बुद्धि र नयाँ ज्ञान आर्जनमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। ‘जोखिम होइन, रणनीति रोज’ भन्ने मन्त्र मनन गर्नुहोला।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशातर्फ यात्रा नगर्ने।

कर्कट: धार्मिक तथा सामाजिक महत्त्वका स्थानको भ्रमण हुन सक्छ। रोकिएका काम पुनः सुरु हुने सम्भावना छ। अप्रत्याशित धनलाभ हुनेछ। समाजसेवामा मन जानेछ। अग्रजहरूको अनुभवबाट लाभ उठाउन सकिनेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६८, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन गराउने। उत्तर दिशा नजाने।

सिंह: लाभदायक यात्राको योग छ। प्रतिस्पर्धीलाई पछि पार्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। नजिकका व्यक्तिको सहयोगले कार्य सफल बन्नेछ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६० र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌को स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: मन केही खिन्न हुन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राख्नु राम्रो हुनेछ। प्रेममा मनमुटाव आउन सक्छ। सामान हराउने वा हेलचेक्र्याइँले काम बिग्रिने सम्भावना भएकाले सतर्क रहनुहोला।

भाग्यशाली रङ पर्पल र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

तुला: आफन्त, सहयोगी र मित्रहरूको साथले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। गोप्य रूपमा गरिएको प्रयास सफल बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। ‘निरन्तरता नै मेरो सुपरपावर हो’ भन्ने भाव राख्नुहोला।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६३, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: आफ्नै दक्षताले विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। परिवारमा शुभ समाचार मिल्नेछ। व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।

धनु: भाग्यले राम्रो साथ दिनेछ। आफन्तको प्रगतिले मन प्रसन्न हुनेछ। विशिष्ट व्यक्तिबाट सम्मान तथा हौसला प्राप्त हुनेछ। परोपकारी कार्यमा सक्रिय रहने अवसर मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: बोलचालमा विशेष सावधानी अपनाउनुहोला। आर्थिक क्षेत्रमा केही चुनौती देखिन सक्छ। साँझतिर साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। ‘दुवै पक्ष सुन्नु, अनि मात्र बोल्नु’ भन्ने मन्त्र मनन गर्नुहोला।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ४५, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७९ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

कुम्भ: परिणाममुखी जिम्मेवारी बहन गर्ने समय आएको छ। मठमन्दिरको भ्रमणले नयाँ ऊर्जा दिनेछ। परोपकारी कार्यमा संलग्न हुने अवसर मिल्नेछ। आफन्त वा मित्रको सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७४, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७३ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: पुनर्मिलनको योग छ। रोकिएको काम दोहोर्‍याएर गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। टाढिएका मित्रसँग पुनः भेट हुने सम्भावना छ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। ‘कर्म नै मेरो धर्म, सफलता मेरो परिणाम’ भन्ने भाव मनमा राख्नुहोला।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ८०, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad