कारोबार


सिद्धार्थ बैंकको ‘सरल एसएमई कर्जा’, यस्ता छन् सुविधाहरु

सिद्धार्थ बैंकको ‘सरल एसएमई कर्जा’, यस्ता छन् सुविधाहरु

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:४०,

सिद्धार्थ बैंकले ‘सरल एसएमई कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ।

बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ उक्त योजना सञ्चालन गरेको हो।

साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकून् भन्ने यस कर्जाको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।

सरल एसएमई कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नकालागि उल्लेख सहयोग पुर्‍याउने बैंकको विश्वास रहेको छ। यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ।

यस कर्जा योजनाका प्रमुख आकर्षणहरूमा पूर्वभुक्तानी शुल्क नलाग्ने, चालू पुँजी र स्थायी सम्पत्तिको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा, १० वर्षसम्मको आवधिक कर्जा, निःशुल्क क्रेडिट कार्ड, एसएमएस अलर्ट, इन्टरनेट बैंकिङ्ग तथा मासिक खाता विवरण, लकर सुविधामा वार्षिक ५० प्रतिशत छुटलगायत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad