राजनीति


एमालेमा फर्किँदै हेमराज राईले भने : सत्ता गठबन्धन सिद्धान्तहीनहरुको समूह

एमालेमा फर्किँदै हेमराज राईले भने : सत्ता गठबन्धन सिद्धान्तहीनहरुको समूह

जसपा छाडेर १० वर्षपछि एमालेमै फर्किएका हेमराज राई


नेपालखबर
भदौ १, २०७९ बुधबार १५:२३, काठमाडौँ

पूर्वमन्त्री हेमराज राई १० वर्षपछि नेकपा एमालेमै फर्किएका छन्। अशोक राईसँगै तत्कालीन संघीय समाजवादी पार्टीमा लागेका उनी जनता समाजवादी पार्टीमा विभाजनसँगै एमालेमा फर्किएका हुन्। 

उनले अहिले दशेमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले अब एमालेले समृद्धिको यात्रा पूरा गर्ने बताए। 

'एमालेले नै नेपाली समाजका वर्गीयसहितका समस्या समाधान गर्न सक्छ', उनले भने, 'यो पार्टी नेपाल र नेपालीको हितमा क्रियाशील पार्टी हो। यो पार्टीलाई समृद्ध बनाउन हामी एमालेमा फर्किएका हौँ।'

उनले नयाँ परिस्थितिमा एमालेमा फर्किएर थप सशक्त बनाउने निर्णयसहित आफूहरु पुरानै घरमा आएको पनि बताए। 

'यस पार्टीमा आजदेखिको हाम्रो संलग्नतलाई नेतृत्वले जिम्मेवार ढंगले लिएको छ भन्ने बुझेका छौँ', उनले भने।

राईले एमालेमा फर्किएपछि सत्ता गठबन्धनलाई सिद्धान्तहीन भने। 'सिद्धान्तहीन र लक्ष्यहीन सत्ता गठबन्धनले देशलाई दिशाहीन बनाएको छ', उनले भने, 'सिद्धान्तनिष्ठ राजनीतिक ध्रुवीकरणले नै देशको राजनीतिलाई स्थायित्वतिर लैजान्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .