राजनीति


कार्यकारी अध्यक्ष बनेको एक महिनाभित्रै प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

कार्यकारी अध्यक्ष बनेको एक महिनाभित्रै प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक मंसिर २९ गते बस्ने भएको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटीको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 नेकपाको स्थायी समिति बैठक एक वर्षदेखि बस्न सकेको छैन, दुई दिनमा बैठक सक्नेगरी स्थायी समिति बैठक डाकिएको प्रवक्ता श्रेष्ठले बताए।

प्रचण्डको अध्यक्षताका सोमबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन्। मंसिर ४ गते नेकपाले पार्टी सञ्चालनको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको थियो। कार्यकारी अधिकार पाएपछि बसेको दोस्रो सचिवालय बैठकबाट प्रचण्डले स्थायी समितिको बैठक डाक्ने निर्णय गरेका  हुन्।

 प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँट नहुँदा नेकपाको एकता र सांगठनिक गतिविधिले तीव्रता पाएको थिएन।

यसअघि भदौ ९ गते पनि  बैठक सञ्चालन लगायतको कार्यकारी अधिकार दिएर प्रधानमन्त्री एवं अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा गएका बेला प्रचण्डले सचिवालय बैठक डाकेका थिए। उनले त्यसबेला चार जना केन्द्रीय सदस्यलाई मनोनयन गर्नुका साथै केही नेताहरुको जिम्मेवारी फेरबदल गरेका थिए।

एकताको सबै प्रक्रिया नटुंगिएको नेकपालाई उनले नयाँ ढंगले अघि बढाउने संकेत दिएका छन्।

यसअघि स्थायी समिति गठन भएसँगै गत वर्ष मंसिर २९ गते सो समतिको बैठक बसेको थियो। त्यसको ठीक एक वर्षपछि नेकपाले स्थायी समितिको बैठक बोलाएको हो।

रिक्त रहेको सभामुख बारेमा आजको बैठकमा कुनै छलफल नभएको भन्दै प्रवक्ता श्रेष्ठ आगामी सचिवालय बैठक मंसिर २७ गते अपरान्ह बस्ने निर्णय भएको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad