भरतपुर विमानस्थल बुधबारबाट सञ्चालनमा आउने भएको छ। पार्किङ तथा रन वेको मर्मतसम्भारका लागि यही मंसिर १५ गतेबाट बन्द भएको विमानस्थल २४ गतेदेखि पुनः खुल्ने भएको हो।
भरतपुर विमानस्थलका प्रमुख पवन कुमार गौतमले रन वेको मार्किङको काम मंगलबारसम्ममा सकिने बताए। ‘रन वे र पार्किङको ओभरले तथा पार्किङको विस्तार भइरहेको छ’, उनले नेपालखबरसँग भने, ‘मंगलबारसम्म सबै काम सकिन्छ, बुधबारबाट नियमित उडान हुन्छ।’
धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले मर्मतसम्भारको काम गरिएको उनले बताए। झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभर–ले गरिएको थिएन।

प्रतिक्रिया