महानगरीय ट्राफिक प्रहरीले चक्रपथभित्र मंगलबार विजोर नम्बर प्लेटका सवारीसाधन चल्न नपाउने बताएको छ।
दक्षिण एसियाली खेलकुद सागको समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन भन्दै ट्राफिक प्रहरीले विजोर नम्बर प्लेट भएका सवरीसाधन चल्न नदिने बताएको हो।
काठमाडौं चक्रपथभित्र मंगलबार जोर नम्बर प्लेटका सवारीसाधन मात्रै चल्न पाउनेछन्। साग उद्घाटनको दिन मंसिर १५ गते ट्राफिक प्रहरीले बिजोर नम्बरका सवारीसाधन मात्रै चलेका थिए।
सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू नहुने बताइएको छ।
3
Shares

प्रतिक्रिया